
उर्लाबारी, ३१ भदौ/उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सोमबार पत्रकार ज्योति शर्मासहित तीनजनालाई सम्मान गरेको छ ।
संस्थाले २२ औं साधारणसभाका अवसरमा १० हजार नगद पुरस्कारसहित हिमशिखर टेलिभिजनका संवाददाता शर्मालाई सम्मान गरेको हो ।
सोही अवसरमा संस्थाका कर्मचारी घनेन्द्र दुलाल र वोधराज खनाललाई पनि सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष चिन्तामणी पौड्यालको सभापतित्व र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यमा सो सभा सम्मान भएको थियो ।