२०८१ श्रावण ६, आईतवार

खनाल बन्धुको प्रदेश समिति बन्ने

२०७९ पुष १६, शनिबार
पढ्ने समय : < 1 मिनेट

ऋषिकेश खनाल

उर्लाबारी, १६ पुस/खनाल बन्धुहरुको १ नम्बर प्रदेशस्तरीय समिति गठन हुने भएको छ । खनाल सेवा समिति मोरङको शनिबार उर्लाबारीमा भएको विशेष साधारण सभा तथा बन्धु मिलन कार्यक्रमले यस्तो निर्णय गरेको हो ।

समितिका केन्द्रीय उपाध्यक्ष भुपेन्द्र खनालले पानसमा बत्ती बालेर सो साधारणसभा उद्घाटन गरेका थिए ।


समितिका जिल्ला सभापति लेखनाथ खनालको अध्यक्षतामा भएको सो साधारणसभामा घृत कौशिक प्रतिष्ठान झापाका अध्यक्ष चन्द्र खनाल, खनाल सेवा समिति मोरङका सल्लाहकार काशिनाथ खनाललगायतले मन्तब्य राखेका थिए ।

त्यस अवसरमा २५ जना खनाल बन्धुहरुलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।

सो सधारणसभामा खोटाङ, उदयपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका करिब एक सय ५० जनाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार