२०८२ जेष्ठ ७, मंगलवार

‘तपश्वी’ रामबहादुर बमजनले पाए सफाइ

२०८२ बैशाख ४, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ४ वैशाख/यौन दुराचार मुद्दा खेपिरहेका ‘तपश्वी’ रामबहादुर बमजनले उच्च अदालतबाट सफाइ पाएका छन् ।

वमजनलाई उच्च अदालत जनकपुरले गत चैत ६ गते नै सफाइ दिने फैसला गरेको थियो । उच्च अदालतका न्यायाधीश नरीश्वर भण्डारी र खेमराज भट्टको संयुक्त इजलासले जिल्लाको फैसला उल्टी हुने ठहर गरेको हो। आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग बमजनमाथि थियो। बमजनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

बमजन २०८० पुस २४ गते साँझ काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ परेका थिए । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बमजनको घरबाट प्रहरीले १५ देशका मुद्रा पनि बरामद गरेको थियो।

विलासी जीवनशैली भएका उनको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार