उर्लाबारी, ३ जेठ/लागुऔषधको कारोबार गरेको अभियोगमा प्रहरीले मोरङको उर्लाबारीबाट आमा र दुई छोरालाई शुक्रबार साँझ पक्राउ गरेको छ ।
सुराकीको आधारमा उर्लाबारी- ४ आईतबारेबाट ४९ बर्षिया लीलाकुमारी थारु, उनका छोराहरु २५ वर्षिय रञ्जित धामी थारु र २४ वर्षिय प्रवीन धामी थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए ।
उनीहरु वस्ने कोठाको खानतलासी गर्दा लुकाई राखेको खैरो हेरोइनजस्तो देखिने खैरो पदार्थ ३८ वटा प्लाष्टिकको पोका पारेर राखेको ७ ग्राम २० मिलिग्राम, बिना प्लाष्टिक २ ग्राम ९ सय ६० मिलिग्रामका साथै विभिन्न कम्पनीको ६ थान मोवाईल फोन र नगद ५ लाख ५० हजार ५ सय रुपैया बरामद गरिएको प्रहरी निरीक्षक बरालले जानकारी दिए ।





