२०८२ बैशाख ६, शनिबार

एमालेको अभियानमा उत्साहजनक सहभागिता

२०७९ बैशाख १९, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १९ वैशाख/नेता, कार्यकर्ता र स्थानीयको उत्साहजनक सहभागितामा मोरङको उर्लाबारी वडा नं. ४ मा सोमबार नेकपा एमालेको चुनावी प्रचार कार्यक्रम गरिएको छ ।

वडाका विभिन्न स्थानमा चुनावी सभामा वडावासीको उत्साहजनक सहभागिता रहेको थियो ।
एमालेबाट मेयर पदका उम्मेदवार  गंगाप्रसाद खरेल, उपमेयर पदकी उम्मेदवार  मीना खतिवडा पौडेल, वडाध्यक्षका उम्मेदवार लक्ष्मीनारायण धिमाल, वडा सदस्य पदका उम्मेदवार शेखरनाथ दाहाल, सुरेन्द्र न्यौपाने, कृष्णमाया कडरिया र अमृता नेपाली वडा नं. ४ मा दिनभर मत माग्न व्यस्त भए । उनीहरुलाई एमालेका स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाङ्फे, एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, निर्वाचन परिचालन कमिटी संयोजक भुपालसिं जिमी, एमाले उर्लाबारीका इञ्चार्ज उमाकान्त गौतमलगायत नेता कार्यकर्ताले साथ दिएका थिए ।
वडावासीको उत्साहजनक सहभागिताबाट आफूहरुलाई हौसला थपिएको वडाध्यक्षका उम्मेदवार लक्ष्मीनारायण धिमालले बताए । पहिलेदेखिको आफ्नो विरासत जोगाउन वडामा आफू नेतृत्वको टिम सक्षम रहेको उनले बताए ।सोमबार वडा नं. ४ को सिसौली, लक्ष्मीनारायण मन्दिर, नगरपालिका दक्षिण टोल, किसान चौक, परिवर्तन टोल, आइतबारे, विशाल टोल, खोर्सानीबारीमा कार्यक्रम गरिएको वडा सदस्य पदका उम्मेदवार शेखरनाथ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार