२०८१ श्रावण ६, आईतवार

ओखलढुंगामा बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित चार पक्राउ

२०७९ असार २, बिहीबार
पढ्ने समय : < 1 मिनेट

ओखलढुंगामा बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूणर्प्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् । उनीहरुमाथि सिद्धिचरण नगरपालिका ३ स्थित कक्षा ८ मा अध्ययनरत बालिकामाथि फरक समय र स्थानमा पटक-पटक बलात्कार गरेको आरोप लागेको छ ।

उनीहरुविरुद्ध सोमबार जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । घटना अनुसन्धान अघि बढेको र अभियुक्तहरुलाई म्याद थप प्रक्रियामा लगिएको निरीक्षक दासले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार