२०८१ भाद्र २४, सोमबार

वक्तृत्वकला प्रतियोगितामा नेपाल आदर्श प्रथम

२०८० जेष्ठ १५, सोमबार
पढ्ने समय : < 1 मिनेट

Iउर्लाबारी, १५ जेठ/जेसीज सप्ताहअन्तर्गत सोमबार मोरङको उर्लाबारीमा सञ्चालित वक्तृत्वकला प्रतियोगितामा नेपाल आदर्श स्कुलकी खुशी खड्का प्रथम भएकी छन् ।

प्रतियोगितामा पार्लेन्स एकाडेमीकी रोशिना खतिवडा द्वितीय र पशुपति आवासीय माविकी नफिसा उप्रेति तृतीय भइन् । प्रतियोगितामा १९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले पुरस्कार प्रदान गरिन् । विजयी विद्यार्थीहरुलाई नगद, टफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद शोभाले पृथक पहिचान बनाएको जेसीजले युवाहरुलाई सकरात्मक बाटोतर्फ हिडाउँदै समाज प्रतिको दायित्व निर्वाह गरेको धारणा राखिन् ।

बालबालिकाहरुको प्रतिभा प्रष्फुटन र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित वक्तृत्वकला प्रतियोगिता समयसापेक्षित र सान्दर्भिक भएको बताउँदै उनले युवाहरु परिवर्तनको संवाहक भएको बिचार व्यक्त गरिन् ।

उर्लाबारी जेसीजका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा सो प्रतियागिता सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार