२०८२ फाल्गुन १९, मंगलवार

रामप्रसाद सुवेदी छात्रवृत्ती वितरण

२०७९ मंसिर १६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १६ मंसिर/मोरङको उर्लाबारी–९ आमबाडीस्थित सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना वालवालिकालाई बुधबार छात्रवृत्ती वितरण गरिएको छ ।

स्व.रामप्रसाद सुवेदीको जन्मजयन्तीको अवसरमा दुई विपन्न र चार जेहेन्दार  वालवालिकालाई छात्रवृत्तीस्वरुप नगद वितरण गरिएको हो ।

सुवेदी परिवारले स्थापना गरेको एक लाख ११ हजार १११ रुपैयाँको ‘रामप्रसाद सुवेदी अक्षय कोष’ को  व्याजबाट ती वालवालिकालाई छात्रवृत्ती प्रदान गरिएको स्व.सुवेदीका छोरा तथा विद्यालयका पूर्व विद्यार्थी शिवप्रसाद सुवेदीले जानकारी दिए ।

उक्त अक्षय कोषको व्याजबाट वर्षेनी सो विद्यालयमा अध्ययनरत  वालवालिकालाई छात्रवृत्ती प्रदान गरिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार