२०८१ माघ ४, शुक्रबार

‘विकास र समृद्धिका लागि प्रयासरत छु’, शोभा चेम्जोङ पालुङवा

२०८० पुष १०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १० पुस/प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले यस क्षेत्रको विकास र समृद्धिका लागि आफु प्रयासरत रहेको बताएकी छन् । नीति निर्माण गर्ने मात्र जिम्मेवारी पाएपनि भौतिक विकासका लागि पनि आफूले प्रयास गरिहेको उनले बताइन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीद्वारा मंगलबार आयोजित २८ औं वार्षिक सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाबाट जनताको हकअधिकार स्थापित हुन नसकेको, विकास र समृद्धि हाँसिल हुन नसकेर नै देश संघीयतामा गएको चर्चा गर्दै उनले राजनीतिक, प्रशासंनिक र आर्थिक क्षेत्रको अन्तरसम्बन्ध तीनै तहमा हुनुपर्ने बताएकी छन् ।

प्राकृतिक प्रकोप र विपतको बारेमा पूर्व तयारी कसरी गर्ने भनेर जनचेतना फैल्याउन आवश्यक रहेको उनले औंल्याइन् ।

बढी मात्रामा वर्षायाममा सर्पको प्रकोपबाट मानिसहरु पीडित हनेगरेको उल्लेख गर्दै उनले उर्लाबारी रेडक्रसले सर्पदंशको उपचार सेवा प्रारम्भ गर्नु प्रशंसनीय कार्य भएको धारणा राखिन् ।

उपशाखाका सभापति भानुभक्त शर्मा पराजुलीको अध्यक्षतामा भएको सो सभामा प्रदेश साँसद उमाकान्त गौतम, उर्लाबारी नगर प्रमुख गंगा खरेल, पूर्व नगर प्रमुख खड्ग फागो, मोरङ रेडक्रसका सभापति सुवोदकुमार सिँहलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार