उर्लाबारी, २४ भदौ/प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएकाो सचिवालयमा कार्यरत प्रकाश सिलवालले जानकारी दिए ।
जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।





