२०८१ श्रावण ६, आईतवार

पेट्रोलियम पदार्थको भाउ घट्यो, डिजेल २९ रुपैयाँ र पेट्रोल २० रुपैयाँ सस्तो भयो

२०७९ असार ११, शनिबार
पढ्ने समय : < 1 मिनेट
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । कर कटौती गरेर मूल्य घटाइएको हो । सत्ता गठनबन्धनको बैठकपछि सरकारले मूल्य घटाइएको जानकारी दिएको हो । शनिबार पत्रकार सम्मलेन आयोजना गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको बताएका हुन् । यो नयाँ व्यवस्था शनिबर राति १२ बजेदेखि नै कार्यान्वयनमा आउनेछ ।
नयाँ व्यवस्था अनुसार डिजेल र मट्टितेल दुवैमा २९ रुपैयाँका दरले भाउ घटेको छ भने पेट्रोलमा २० रुपैयाँ मूल्य घटेको छ । कर कटौती भएपछि अब डिजेल र मट्टितेल दुवैको मूल्य प्रतिलिटर १६३ पर्नेछ । यस्तै,  पेट्रोलको भाउ १७९ रुपैयाँ पर्ने भएको छ । यसअघि शनिबार बिहान बसेको सत्ता गठबन्धन बैंठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार