उर्लाबारी, ९ पुस/प्रदेश साँसद शोभा चेम्जोङ पालुङवाले सोमबार मोरङ, उर्लाबारीका अग्नी पीडित परिवारसँग भेटघाट गरेकी छन् । भेटका क्रममा उनले पीडित परिवारलाई मायाको चिनोस्वरुप उनीको कम्बल बितरण गरेकी छन् ।
गत कात्तिक २६ गते लक्ष्मीपुजाका रात उर्लाबारी–७ का दिपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा आगलागि हुँदा पाँचजनाको मृत्यु भएको थियो । घटनामा २३ जना घाइते भएका थिए ।
साँसद शोभाले आगलागिबाट मृत्यु भएका हेमकुमार दाहाल ‘दिपक’, रुकुमबहादुर कार्की, कुमार तामाङ र रामनरेश यादवको परिवारसँग भेटघाट गरेकी हुन् । आगलागिबाट घाइते भएका उर्लाबारी–७ का करण संग्रौला, लालबहादुर लिङथेप र सुजन सेन्दाङसँग पनि भेटघाट गरी स्वास्थ्यस्थिति बारे उनले जानकारी लिएकी छन् ।