२०८१ श्रावण ६, आईतवार

उर्लाबारीमा खुला दौड प्रतियोगिता

२०८० भाद्र १८, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, १८ भदौ/मोरङको उर्लाबारीमा आगामी असोज ३ गते खुला दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

सामुदायिक विकास मञ्चको आयोजनामा सञ्चालन हुने सो प्रतियोगितामा १२ वर्ष मुनी, १६ वर्ष मुनी, १६ देखि ४० र ४० वर्ष माथि गरी चार उमेर समुहमा विभाजन गरिएको छ ।
१२ वर्ष मुनीलाई साढे तीन किलो मिटर, १६ वर्ष मुनिलाई पाँच किमि र १६ वर्ष भन्दा माथि उमेरकालाई १० किमि दुरी दौडिनु पर्ने मञ्चका अध्यक्ष प्रेम वोहोराले जानकारी दिए ।
सबै उमेर समूहका बिजेताहरुलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने वोहोराले जानकारी दिए ।

खेलको माध्यमबाट संविधान दिवस मनाउने र उर्लाबारीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सो प्रतियोगिताको उद्देश्य रहेको बोहोराले बताए ।
यस किसिमको दौड प्रतियोगिता विगत वर्षहरुमा पनि मञ्चले सञ्चालन गरेको थियो । प्रतियोगितामा देश विदेशबाट करिब एक हजार पाँच सय धावकले सहभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा वोहोराले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार