२०८१ श्रावण ६, आईतवार

उर्लाबारीमा अन्तर्राष्ट्रिय लागू पदार्थ दिवसमा सचेतना

२०८१ असार १२, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । मोरङको उर्लाबारीमा अन्तर्राष्ट्रिय लागू पदार्थ दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
बुधबार उर्लाबारी–७ स्थित जीवन बचाउ उपचार सेवा गृहमा सो कार्यक्रम गरिएको हो । गृहको आयोजना तथा इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक बाबुरा खनालले सहकीकरण गर्नुभएको थियो । उहाँले लागुऔषधको प्रयोग र त्यसको अवसर, कानुन कार्वाहीलगायतका बारेमा जानकारी गराउनुभएको थियो । गृहका अध्यक्ष पवन थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रम सञ्चालन इन्चार्ज रविन्द्र दाहालले गर्नुभएको थियो । २०६२ सालमा स्थापना भएको उक्त गृहमा नेपालभरीका ५४ जना लागुऔषध प्रयोगकर्ताहरु सुधारका लागि बसेका छन् । हालसम्म ३ हजार ५ सय भन्दा बढी उक्त गृहबाट सुधार भई सामाजिक, राजनीति तथा ब्यवसायिक क्षेत्रमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार