२०८२ फाल्गुन १८, सोमबार

कोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता

२०८२ जेष्ठ २३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

इटहरी, २२ जेठ/सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ  ।

बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ । उनीहरु विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरुको खोजी भइरहेको बताए । उनले भने, “बेपत्ताको खोजीमा तीव्रता दिएको छ । आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार