उर्लाबारी, ५ जेठ/कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई नेपाल प्रहरीका डिएसपी खगेन्द्र खड्काले चलाएको निजी गाडीले सोमबार दिउँसो ठक्कर दिएको छ।
मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित पूर्वपश्चिम राजमार्गमा डिएसपी खड्काले चलाएको गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खड्काले चलाइरहेका थिए भने विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कार आउँदै थियो। उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए। तीमध्ये चाम्लिङ अलि बढी घाइते भएकी छन् । उनको करङ भांच्चिएको एक्सरे रिपोर्टले देखाएको पति मानबहादुर श्रेष्ठले बताए । शरिर दुखिरहेकोले उनको उर्लाबारी-५ स्थित अरनिको अस्पतालमा सिटि स्क्यान गरिएको छ ।
अन्य घाइतेहरुको अवस्था सामान्य रहेको वताइएको छ ।





