
उर्लाबारी, ७ कात्तिक/मोरङको उर्लाबारी–३ मंगलबारेस्थित निलम बचत तथा ऋण सहकारी संस्थाले बुधबार उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
संस्थाले १२ औं साधारणसभाको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा उत्कृष्ठ बचतकर्तातर्फ ललित ठाकुर, वविता ठाकुर, दिलमाया धिमाल, लिला लिम्बु, राजकुमार उराउ, चित्रकला अधिकारी र धनमाया धिमाल छिन् ।
त्यसैगरी उत्कृष्ठ ऋणीतर्फ देया खड्का, संगिता लिम्बु र शर्मा श्रेष्ठलाई सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ठ वाल बचततर्फ प्रिन्स श्रेष्ठ र मिसुम लिम्बुलाई पनि सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष प्रभु राई दिलुङ्छाको सभापतित्व र उर्लाबारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका सचिव सञ्जिव बुढाथोकीले सो साधारणसभा सञ्चालन गरेका थिए ।