२०८२ फाल्गुन २१, बिहीबार

चौकीलालका परिवारद्वारा ग्रामथानलाई सहयोग

२०८२ श्रावण ५, आईतवार
पढ्ने समय : < 1 मिनेट

राजारानी (लेटाङ)  ४ असार/मोरङ, उर्लाबारी-८ आमबारीका समाजसेवी स्व.चौकीलाल धिमालका परिवारले आइतबार धिमाल ग्रामथानलाई करिब एक लाख रुपैयां मुल्य बराबरको भौतिक सामग्री सहयेग प्रदान गरेको छ ।

स्व.धिमालको पांचौ स्मृति दिवसको अवसरमा उनका परिवारले लेटाङ-१ राजारानीमा रहेको एतिहासिक ग्रामथान पुगेर ११ थान सिमेण्ट फलैंचा र एक थान पित्तलको घण्टी सहयोग प्रदान गरेको हो ।

उक्त सामग्री स्व.धिमालकी श्रीमती इन्द्रकुमारी धिमालले लेटाङ-१ का वडाध्यक्ष विष्णुकुमार मगरलाई हस्तान्तरण गरेकी थिइन ।

धिमाल समुदायको उदगमस्थल राजारानीमा रहेको ग्रामथानमा स्व.चौकिलाल धिमाल जिवित छंदा पुजाआजा गरेपछि रोगमुक्त भएको कान्छी छोरी सविता धिमालले वताइन ।

स्व.धिमालका कान्छा छोरा वेदवहादुर धिमाल ‘दारासिङ’ ले आफ्नो बुवाले जीवनकालमा थुप्रै सामाजिक कार्यहरु गरेको स्मरण गराए ।

त्यस अवसरमा धिमाल जाती विकास केन्द्रका महासचिव मातृका धिमालले स्व.धिमालका परिवारलाई धन्यवाद दिॅदै आफ्नो धारणा राखेका थिए ।

त्यस अवसरमा स्व.धिमालका नाति तथा उर्लाबारी जेसीजका पूर्व अध्यक्ष अशोक धिमालले कार्यक्रम सन्चालन गरेका थिए ।

करिव एक सय वर्ष बांचेर पांच वर्षअघि निधन भएका स्व.चौकीलाल धिमालका छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी हाल एक सय भन्दा बढी शाखासन्तान छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार