२०८१ चैत्र १०, सोमबार

प्राकृतिक श्रोतको विवेकपूर्ण प्रयोगबाट मात्र दिगो विकास सम्भव

२०८१ फाल्गुन १६, शुक्रबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, १६ फागुन/मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले शुक्रबार ‘दिगो विकासका लक्ष्यसँग सम्बन्धित जानकारीमुलक कार्यक्रम’ आयोजना गरेको छ ।

शिक्षा मन्त्रालयको सहयोगमा विद्यालयले सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले ज्ञान, विज्ञान, विकास, सीप तथा प्रविधिको बिविध पक्षबारे जानकारी गराएका थिए ।

कार्यक्रममा डा.श्रेष्ठले मानव जीवनलाई सहज वनाउन प्राकृतिक र मानवीय श्रोतको विकास अपरिहार्य रहेको बताउँदै ज्ञान र सीपको बारम्बर प्रयोगबाट मात्र सफलता हासिल गर्न सकिने उल्लेख गरे ।

कृषिमा रासायिनक विषादिको बढ्दो प्रयोगका कारण प्राणघातक रोग क्यान्सर र मृगौला खराबी जस्ता जटिल प्रकारको रोग बढिरहेकोमा चिन्ता व्यक्त गर्दै डा.श्रेष्ठले त्यस किसिमका विषादि प्रयोग न्युनिकरणमा जोड दिए ।

विकास सँगसँर्गै विनास पनि आउने भएकोले विनासलाई घटाएर विकासलाई बढाउँदै लानुपर्नेमा जोड दिँदै डा.श्रेष्ठले प्राकृतिक श्रोत र साधानको विवेकपूर्ण प्रयोगबाट मात्र दिगो विकास सम्भव हुने राय व्यक्त गरे ।

कृषि विषयका प्रशिक्षक रूपक बुढाथोकीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दे दिगो विकासका विश्वव्यापी मान्यताका बारेमा प्रष्ट पारेका थिए ।

विद्यालयका प्रधानध्यापक कुमार पोखरेलको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयमा कक्षा १२ मा अध्ययनरत कृषि विषयकी छात्रा प्रेष्मा दंगालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार