
उर्लाबारी, १२ कात्तिक/मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेल माथि सोमबार दिउंसो हातपात भएको छ ।
खरेललाई उर्लाबारी-७ का ४८ वर्षीय मिलन भण्डारीले हातपात गरेका हुन् । नगरपालिकाको गेट बाहिर निश्कने क्रममा खरेललाई थप्पड हानेपछि भण्डारीलाई नगर प्रहरीले नियन्त्रणमा लिएका थिए ।
खरेल माथि हातपात भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली घटनास्थलतर्फ गएर भण्डारीलाई पक्राउ गरेका थिए ।
पक्राउ परेका भण्डारी विरुद्ध अभद्र व्यवहार कसुरमा मुद्धा चलाइने प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिए ।