
झापा, १८ माघ/झापामा एक २१ वर्षिया युवतीले बच्चा जन्माएपछि गाउँमा सनसनी मच्चिएको छ ।
पतिसँग छुट्टिएर माइतमै वसिरहकी ती युवतीले १८ दिनअघि बच्चा जन्माएकी हुन् । उनले ती बच्चाका बाबु गाउँकै ८० वर्षीय वृद्ध पुरुष रहेको परिवारलाई बताएकी छन् ।
ती बृद्ध मर्निङ वाक गर्नेक्रममा आफ्नो घरमा धेरैपटक आएको र अमला दिएर यौन सम्पर्क गरेपछि गर्भ वसेको पीडित युवतीले बताइन् । युवती गर्भवती भएको पाँच महिना पछि मात्र परिवारले थाह पाएका थिए ।
यस विषयमा पीडित परिवारले प्रहरी कार्यालयमा उजुरी दिएका छन् । डिएनए परिक्षण गरेर मुद्दाको किनारा लगाउन प्रहरी कार्यालयमा उजुरी दिएको पीडित युवतीका बुबाले बताए ।