२०८२ कार्तिक ३०, शनिबार

ट्यांकरको ठक्करबाट दमकका लिम्बूको मृत्यु

२०८२ जेष्ठ ३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २ जेठ/मोरङको उर्लाबारीमा ट्यांकरको ठक्करबाट बिहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उर्लाबारी –३ पुरानो मंगलबारेस्थित राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई पश्चिमबाट उर्लाबारीतर्फ आउँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । दुर्घटनामा मोरसाइकल चालक दमक –९ का ३६ वर्षीय मनकुमार लिम्बू गम्भीर घाइते भएका थिए ।

घाइते लिम्बुलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा राति १ः३५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र ट्यांकर चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ भने ट्यांकर अस्थायी प्रहरी पोष्ट तारावारीमा राखिएको छ । मृतकको शव बीएण्डसी अस्पतालमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार