२०८२ जेष्ठ ७, मंगलवार

दमकका कानून अधिकृत बस्नेतको सवारी दुर्घटनामा मृत्यु

२०८२ बैशाख १९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

दमक, १९ वैशाख/सवारी दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको बिहीबार साँझ मृत्यु भएको छ।

बस्नेतको उदयपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

उदयपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नं.को स्करपियो गाडी आफैं अनियन्त्रित भइ सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाइ दुर्घटना हुँदा बस्नेतको मृत्यु भएको हो।

बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार