२०८२ जेष्ठ ७, मंगलवार

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्ध विराम

२०८२ बैशाख २७, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २७ वैशाख/अमेरिकाको प्रयासपछि भारत र पाकिस्तान ‘युद्धविराम’का लागि तयार भएका छन्।

भारत-पाकिस्तान तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार भएको बताएका थिए। त्यसपछि शनिबार नै अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री इशाक डार र सेना प्रमुख असिम मुनिरसँग टेलिफोन संवाद गरेका थिए।

संवादमा उनले तनाव उत्कर्षमा पुगेको बेला भारत र पाकिस्तान दुवैले उच्च संयमता अपनाउनुपर्ने र वार्तामार्फत हल खोज्नुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार