
उर्लाबारी, १० वैशाख/छैटौं संस्करणको उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि नम्बर १ ले जितेको छ । वडा नम्बर ५ लाई वुधबार ट्राइबेकरमा हराउदै १ नम्बर वडाले जित हात पारेको हो ।
विजेता टीमले ७५ हजार नगद हात पारेको छ भने उपविजेता ५ नम्बर वडाले ५० हजार नगद हात पारेको छ ।
मगलबारे युवा क्लवको आयोजनामा वैशाख ३ गतेदेखि संचालित उक्त प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको थियो ।