फिक्कल, १३ वैशाख/इलामको माइमा खुकुरी प्रहार गरी शुक्रबार एक महिलाको हत्या भएको छ ।
इलाम माई नगरपालिका वडा नं ४ सिंजालीटारकी ५२ वर्षीया भूमिका चापागाँईको हत्या भएको हो ।
उनलाई सोही ठाउँ बस्ने ४२ वर्षीय शान्तिराम दुलालले भूमिकामाथि खुकुरी प्रहार गरेका थिए । टाउकोमा चोट लागेकी घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा राति १०ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
खुकुरी प्रहार गर्ने दुलाललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाम लगिएको डीएसपी मानबहादुर राईले जानकारी दिए ।
छिमेकीको घरमा दुध लिन जाँदै गरेकी भूमिकालाई वहिनी ज्वाइँ दुलालले खुकुरी प्रहार गरेका हुन् । दुलालसंग उनकी श्रीमती गिता चापागाँईको माना चामल र अंश मुद्दा चलिरहेको थाह भएको छ ।





