विराटनगर, २५ असोज/ जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ ।
शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।उनी लागुऔषध मुद्दाका बन्दी हुन् ।
जिल्ला अदालत मोरङले सार्कीलाई २०८१ पुस २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनको मुद्दा विचाराधीन छ ।
जेलर गौरव ढुंगेलका अनुसार न्यून रक्तचाप र बान्ता हुने समस्या देखिएपछि उपचारका लागि शनिबार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो ।