२०८२ कार्तिक ३०, शनिबार

उपमेयर माथि प्रश्न : विदाको दिनमा सरकारी गाडिको प्रयोग किन ?

२०८२ बैशाख ३०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३० वैशाख/मोरङको उर्लाबारी नगरपालिकामा मंगलबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा एक सहभागीले उपमेयर मिना खतिवडा माथि प्रश्न गरे- ‘विदाको दिनमा पनि सरकारी गाडिको प्रयोग किन ?

जवाफमा उपमेयर खतिवडाले भनिन्-‘चुनावका वेला हामीले जनता माझ व्यक्त गरेका प्रतिवद्धता पुरा गर्न पैदल हिंडेर सम्भव हुदैन, त्यसैले गाडि चढेर भएपनि विदाको दिन नभनी काम गर्नुपर्ने हुन्छ  ।’

कार्यक्रममा सहभागी उर्लाबारी-४ का भुवन ढुंगानाले उपमेयर खतिवडा माथि पुन : प्रश्न थपे-‘पार्टीको काममा अस्ती विराटनगर जांदा किन सरकारी गाडी प्रयोग गर्नुभयो ? चीया नास्ता खान जांदा समेत उपमेयर खतिवडाले सरकारी गाडी प्रयोग गरेको ढुंगानाको आरोप छ ।

उपमेयर खतिवडा मात्र होइन धेरैजसो जनप्रतिनिधि र उच्च पदस्थ कर्मचारीहरु सरकारी कामकाज वाहेकको समयमा समेत सरकारी गाडीको दुरुपयोग गर्नेगरेका छन्, जुन सरकारी सवारी साधन सन्चालन सम्बन्धी कार्यविधि विपरित हो ।

उपमेयर खतिवडा माथि मात्रै प्रश्न होइन अन्य जनप्रतिनिधि र उच्च पदस्थ कर्मचारी माथि समेतलाई प्रश्न हो यो।

सन्चार क्लव नेपालद्वारा आयोजित कार्यक्रममा मेयर गंगा खरेल भने अस्वस्थताका कारण सहभागी भएनन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार