२०८२ जेष्ठ ७, मंगलवार

दमकको ढावा होटलमा युवती मृत फेला

२०८२ बैशाख २२, सोमबार
पढ्ने समय : < 1 मिनेट

दमक , २२ बैशाख/झापाको दमकस्थित ढावा होटलमा एक युवती आइतबार मृत फेला परेकी छन् ।

दमक नगरपालिका वडा न.६ रहेको ढावा होटलमा शिवसताक्षी नगरपालिका वडा न. ११ दुधे बस्ने २४ वर्षीया करिस्मा निरौलाले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

करिस्मा होटलमा आई कोठा न. १७ मा बसेकी थिइन् । बिहान १० बजेसम्म होटल संचालक युवराज दंगालले बोलाउँदा नबोलेपछि र ढोका समेत नखोलेपछि इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएका थिए ।

प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर स्थानीय जनप्रतिनिधि तथा आफन्त समेतको रोहबरमा ढोका फोरी हेर्दा उनले कोठाको सिलिङ फेनमा सलको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको फेला परेको थियो ।

उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।ती महिला विवाहित भएपनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ । उनी हालै बैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार