२०८२ बैशाख ६, शनिबार

‘नेपालको राष्ट्रिय एकता विश्वमा चिनाउनुपर्छ’,–शोभा चेम्जोङ पालुङवा

२०७९ माघ ८, आईतवार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ८ माघ/२८२९ औं सोनाम ल्होछारको अवसरमा आइतबार मोरङको उर्लाबारी–९ दुर्गापुरीमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवाले प्राचिन सभ्यता भएको नेपालमा बिभिन्न जातजातिको आ–आफ्नै किसिमका मौलिक कला र संस्कृति रहेको बताएकी छन् । बहुजाती, बहुभाषी, बहुधर्मावलम्बी र बहुसंस्कृति भएको नेपाल प्राकृतिक र साँस्कृतिक दुवै दृष्टिले निकै सुन्दर रहेको उनले बताइन् ।


जातीय सहअस्तित्व निर्माण गरी सबै समुदाय बीच सुमधुर सम्बन्ध भएकै कारण नेपाली बीचको एकता विश्व सामु चिनाउन जरुरी रहेको उनले बताइन् । सबै भाषा, लिपि, धर्म र संस्कृतिको सम्बद्धन र संरक्षण गर्नु राज्यको दायित्व भएको र त्यो संविधानमा लिपिबद्ध समेत भइसकेको उनले बताइन् ।

पर्यटन, कृषि, जलस्रोत, उद्योग तथा व्यापारबाट प्रदेश १ को विकासको प्रबल सम्भावना रहेको र यस प्रदेशको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने उनले बताइन् ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले ल्होछारको शुभकामना दिँदै धुम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक भएकोले त्यसलाई सबैले त्याग्न जरुरी रहेको उल्लेख गरे ।


कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङले निकट भविष्यमै सञ्चालन हुन लागेको प्रादेशिक महोत्सवको प्रिमियर गरे ।


कार्यक्रममा सामाजिक अभियन्त रुद्रबहादुर तामाङ, पूर्व जनप्रतिनिधि बलबहादुर घिसिङ, युवा समाजसेवी विजय आङबुहाङलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार