२०८१ कार्तिक २१, बुधबार

‘जनताको निर्णायक मतले विकासको रेखा कोर्छ’–शोभा चेम्जोङ पालुङ्वा

२०७९ कार्तिक २७, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २७ कात्तिक/मोरङ क्षेत्र नं.१ ‘१’ मा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार बनेकी शोभा चेम्जोङ पालुङ्वाले जनताको निर्णायक मतले विकासको रेखा कोर्ने बताएकी छन् ।

चुनावी प्रचार अभियानको क्रममा आइतबार मोरङको मिक्लाजुङ–६ लालमाटीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । विकास, समृद्धि र सन्ततीको भाग्य र भविष्य कोर्न लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको उनको भनाई छ ।


नदी नियन्त्रण, सडक कालोपत्रे, किसान, मजदुर र सुकुम्वासी समस्याका बारेमा गठबन्धनका उम्मेदवार परिचित रहेको तर्क गर्दै उनले प्रतिनिधि सभामा डिगबहादुर लिम्बु र प्रदेश सभामा कुशल लिम्बुलाई जिताउन आग्रह गरिन् ।

देशमा विद्यमान अनेकौं समस्या समधान गर्न गठबन्धन गरिएको उल्लेख गर्दैैै उनले जनताले चाहे जस्तो चौतर्फी विकास गर्न गठबन्धनका उम्मेदवार सक्षम रहेको दाबी गरिन् ।


नेपालमा अबोध बालिकादेखि ७० बर्षकी बृद्धासम्म बलात्कृत हुनेगरेकोमा दुःख व्यक्त गर्दै उनले महिला हिँसा न्युनिकरणका लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताइन् ।

सामाजिक कार्यमा समेत सक्रिया उनले आफू पनि रूख चिन्ह लिएर समानुपातिक उम्मेदवार बनेको र बिजयी भएमा यहाँको विकास निर्माणमा सहयोग पुर्याउने स्पष्ट पारिन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार