२०८१ भाद्र २४, सोमबार

कांग्रेस, माओवादी, राप्रपा र जसपाको साझा उम्मेदवार घोषणा तारामान सेरेङको नेतृत्वमा चुनावी मैदानमा

२०८१ भाद्र ४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

उर्लाबारी, २५ साउन/आगामी भदौ ९ हुने उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी निकट व्यापारीहरुले चुनावी गठबन्धन गरेका छन् ।

उनीहरुले संघका पूर्व वरिष्ठ उपाध्यक्ष तारामान सेरेङको नेतृत्वमा चुनावी मैदानमा जाने घोषणा गरेका हुन् ।

शुक्रबार दिउँसो उर्लाबारी पार्टी प्यालेसमा गठबन्धनको साझा उम्मेदवार घोषणा गर्दै उनीहरुले चुनावमा विजय भएपछि कर्तव्यनिष्ठ भएर व्यापारिहरुको हितमा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सेरेङले व्यापारीहरुको हकहितमा सधैं इमान्दार भएर लाग्ने दृढता व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्षमा निर्मला चौहान, उद्योग उपाध्यक्षमा प्रभु राई, वाणिज्य उपाध्यक्षमा रामप्रसाद धिमाल ‘बांगाई’, महासचिवमा पवन चौधरी, उद्योग सचिवमा भेषबन्धु निरौला, वाणिज्य सचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा दशरथ यादव ‘वेचन’ तथा सदस्यहरुमा केशव भट्टराई, दिपक कार्की, मदन दाहाल, फुर्बा तामाङ र सोमबहादुर गजमेरलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी लेखा संयोजकमा मनोज लुइंटेल तथा लेखा सदस्यमा मोहन पाठक र वासु घिमिरेलाई उम्मेदवार वनाइएको छ ।

कांग्रेस नगर सभापति सुरेन्द्र लिम्बुको सभापतित्व र माओवादीका केन्द्रीय सदस्य विषेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेसका प्रदेश सहमहामन्त्री तथा उर्लाबारीका पूर्व मेयर खड्ग फागोले वर्तमान परिस्थितिमा सबैजना एक भएर व्यापारीहरुको हकहितमा लाग्न सुझाव दिए ।

कार्यक्रममा राप्रपाका ज्ञानेन्द्र ओली र माओवादीका टेकबहादुर भट्टराईले पनि सबैजना इमान्दारितापूर्वक लागेको खण्डमा जित सुनिश्चित् भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार