२०८१ माघ २९, मंगलवार

तीन पत्रकार सम्मानित

२०७९ भाद्र ३१, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, ३१ भदौ/मोरङको उर्लाबारीमा शुक्रबार तीनजना पत्रकारलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पत्रकार मिलन के राउत, मदनबाबु प्रसाई र विष्णु पौडेल रहेका छन् ।

सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
सोही अवसरमा संस्थाका उत्कृष्ठ शेयर सदस्य, शैक्षिक बाल बचतकर्तालगायतलाई पनि सम्मान गरिएको छ ।

सभामा मोरङ जिल्ला सहकारी संघका अध्यक्ष डिल्लीराम पोखरेलले सहकारीको आर्थिक अभियान विश्वमा सफल हुँदै गएको राय व्यक्त गरे । आर्थिक विकासका लागि सफल मोडलको रुपमा सहकारी नै रहेको उनको बुझाई छ ।

सभामा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले सहकारी आर्थिक विकासको मेरुदण्ड भएपनि यसलाई सही व्यवस्थापन गर्न नसके दुर्घटनामा पर्न सकिने उल्लेख गरे ।

संस्थाका अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा भएको सो सभामा कर्मचारी नरेन्द्र शेर्माले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार