
उर्लाबारी, २७ भदौ/उर्लाबारी उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि दुई लाख रुपैयांको दुर्घटना विमा गरेको छ ।
संघ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडबीच बिहीबार दुर्घटना विमाको विषयमा द्वीपक्षीय सम्झौता भएको हो ।
संघका नवनिर्वाचित अध्यक्ष तारामान सिरिङले चुनावी प्रतिबद्धता अनुरूप दुर्घटना विमा गरिएको जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नविकरण शुल्क बुझाएका संघका सदस्यहरुले उक्त सुविधा लिन सक्नेछन् ।
संघका दुई कर्मचारीका लागि पांच लाख रुपैयां बराबरको विमा गर्ने योजना रहेको सिरिङले बताए ।