२०८१ चैत्र १०, सोमबार

प्रदेश सभा सदस्य चाम्लिङलाई सम्मान

२०७९ माघ १८, बुधबार
पढ्ने समय : 2 मिनेट

ऋषिकेश खनाल

उर्लाबारी, १८ माघ/प्रदेश सभा सदस्य विद्या चाम्लिङलाई मंगलबार मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयले सम्मान गरेको छ । २९ वर्ष शिक्षण सेवा गरेकी चाम्लिङलाई विद्यालयले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

विद्यालयबाट अवकाश लिएर चाम्लिङ गत मंसीर ४ गतेको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार वनेकी थिइन् । प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि चाम्लिङलाई विद्यालयले सम्मान गरेको हो । उनलाई फुलमालासहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

सोही कार्यक्रममा विद्यालयका शिक्षक रोहित कंडेललाई विदाई गरिएको छ । उनी उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका छन् ।
सोही कार्यक्रममा विद्यालयमा नयाँ नियुक्ति भएका बाली विज्ञानका शिक्षक केवल बुढाथोकी, प्रतिमा पोख्रेल, प्रयोगशाला सहायक अविषेक राई, लेखा सहायक प्रकाश थापा र सिद्धकाली मावि रतुवामाईबाट सरुवा भएर आएका शिक्षीका सीता नेपाललाई खदा र माला लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चाम्लिङले आफूले लामोसमय काम गरेको विद्यालयले रचनात्मक काम गर्न सकोस् भन्दै भविष्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालयका प्रधानध्यापक कुमार पोख्रेलले आफ्नो सहकर्मी चाम्लिङ प्रदेश सभा सदस्य बन्न सफल भएको भन्दै बधाई दिए ।

प्रधानध्यापक पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षीका सर्सुदेवी गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् ।

भोला पोख्रेलले सञ्चालन गरेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मानबहादुर श्रेष्ठको समेत उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार