२०८१ भाद्र २४, सोमबार

राष्ट्रलाई समृद्ध बनाउन सकरात्मक सोच आवश्यक छ : शोभा चेम्जोङ पालुङवा

२०८० पुष २१, शनिबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, २१ पुस/प्रदेश सासंद शोभा चेम्जोङ पालुङ्वाले युवा वर्गलाई उद्यमशील वनाउँदै सामाजिक क्षेत्रमा क्रियाशिल गराउन सके देशले कोल्टे फेर्ने बताएकी छन् । समाज र राष्ट्रलाई समृद्ध बनाउन सकरात्मक सोच र विचार लिएर युवा अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

‘युवा अव उमेरले मात्र होइन, सोच र विचारले पनि युवा हुनुपर्छ’, उर्लाबारी जेसीजले शनिबार आयोजना गरेको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् । जेसीजले युवा वर्गलाई सकरात्मक मार्गमा डोर्याएर पृथक पहिचान बनाएको बताउँदै उनले जेसीजबाट सामाजिक जीवन सुरु गरेका युवाहरु बिभिन्न क्षेत्रमा सफल बनेको विचार व्यक्त गरिन् ।

 

यसैबीच सांसद शोभाले आर्थिक विकासका लागि कृषि महत्वपूर्ण क्षेत्र भएको राय व्यक्त गरेकी छन् । मोरङको उर्लाबारी–३ स्थित साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । देशमा पटकपटक राजनीतिक क्रान्ति भएको बताउँदै उनले भनिन्, ‘अबको क्रान्ति भनेको आर्थिक क्रान्ती हो, आर्थिक विकासका लागि कृषि पनि महत्वपुर्ण क्षेत्र हो ।’कृषि, उद्योग, पर्यटन र ऊर्जा नै आर्थिक विकासको मेरुदण्ड भएको स्पष्ट पार्दै उनले महिलाहरुलाई संगठित गरी कृषि उत्पादनमा सहभागी गराउन सक्नुपर्ने बताइन् ।


त्यसैगरी सांसद शोभाले मोरङको उर्लाबारी–४ स्थित सोमनाथ शिव मन्दिरको पाँचौ वार्षिक साधारणसभा तथा चन्द्रसुर्य भजनकिर्तन मण्डलीको १० औं वार्षिक साधारणसभामा बोल्दै नीति निर्माण आफ्नो मुख्य जिम्मेवारी भएपनि आफ्नो क्षेत्रको विकासका लागि कटिबद्ध रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार