२०८१ श्रावण ६, आईतवार

राधिकामा १० लाखको अक्षयकोष !

२०७९ फाल्गुन १, सोमबार
पढ्ने समय : < 1 मिनेट

ऋषिकेश खनाल

उर्लाबारी, १ फागुन/मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

विद्यालयका पूर्व शिक्षक स्व.कमलकुमार राईको स्मृतिमा उनको परिवारले उक्त अक्षय कोष स्थापना गरेका हुन् । उक्त रकम राई परिवारले आइतबार विद्यालयलाई उपलब्ध गराएको प्रधानध्यापक कुमार पोखरेलले जानकारी दिए ।

उक्त कोषको व्याजबाट बर्षेनी कक्षा–१२ मा अध्ययनरत एक–एकजना छात्र–छात्रालाई छात्रवृत्ती प्रदान गरिने प्रधानध्यापक पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार