उर्लाबारी, ११ मंसिर/लिम्बु समुदायको महान चाड चासोक तङनामको अवसरमा मोरङको उर्लाबारी–९ आमबारीमा तीन दिने चासोक महोत्सव सञ्चालन गरिनेभएको छ ।
आगामी मंसीर २२ देखि सुरु हुने यो महोत्सव २४ गते समापन गरिने छ । विधिवतरुपमा न्वागी पुजा गरी सुरु गरिने महोत्सवमा धान नाच, च्याबरुङ नाच, हाक्पारे र बिभिन्न जातजातिका झाँकीसहित साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिने छ । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने, हाँडीफोर, लङ जम्प, म्युजिकल चेयरलगायतका खेलकुद समेत सञ्चालन गरिने जनाइएको छ ।
किरात याक्थुङ चुम्लुङ नगर समिति उर्लाबारीको आयोजनामा वर्षेनी सो स्थानमा चासोक महोत्सव सञ्चालन गरिँदैआएको छ ।
महोसत्वलाई सफल पार्न बिभिन्न उपसमितिहरु समेत गठन गरिएका छन् ।
कर्ण मादेम्बाको संयोजकत्वमा आर्थिक, शुरेन्द्र शेर्माको संयोजकत्वमा साँस्कृतिक, नारद लुङ्फुवाको संयोजकत्वमा महोत्सव व्यवस्थापन, राजन काम्बाङको संयोजकत्वमा स्वयंसेवक, अमर सेलिङको संयोजकत्वमा प्रचार प्रसार, विजय आङबुहाङको संयोजकत्वमा खेलकुद, सागर थलङको संयोजकत्वमा पुजा व्यवस्थापन र अम्बिका लिम्बुको संयोजकत्वमा अथिति सत्कार उपसमिति गठन गरिएको जानकारी प्राप्त भएको छ ।