उर्लाबारी, १७ असार/लगातार वर्षाका कारण पूर्वी मोरङको जनजीवन प्रभावित भएको छ ।
लगातार वर्षाका कारण ग्रामीण भेगका सडकहरु डुबानमा परेका छन् । सडकहरु डुबानमा परेपछि सर्वसाधरणलाई हिडडुल गर्न कठिनाई भएको छ ।
वर्षा रोकिने सम्भावना देखिदैन । सोमबार विहानैदेखि परेको वर्षा झरीका कारण विद्यार्थीहरिलाई विद्यालय जान समेत कठिनाई भइरहेको छ । हावाहुरी र चट्याङ नपरेपनि पानी झरीका कारण रोपहारहरु खेतमा धान रोप्न गएका छैनन् ।