२०८२ बैशाख ६, शनिबार

नयॉ वर्ष

२०७९ बैशाख ३, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

नयॉ वर्ष नवीन जोश ल्याऊँछिन
चारैतिर प्रकृति ऊमंगमा हाँस्छिन
हामी ऊनको दिव्य मुहार प्रति लालयित
वन -जंगल र पाखॉ सबै तरंगित !
विहानीको झुल्के घाम सँगै
जीवन ज्यून हामी दैनिकीमा लाग्छौ
को ऊच्च को निच सबै तल्लीन
बाँची रहन सधै जोश जगाउँछौ !
हाम्रो स्वार्थ कसैमा चोट नपुगोस
बाँच्ने अधिकारमा आज किन असमता ?
बूँचाको त्यो सामूहिक नरसंहार
किन नभन्ने कसैको घृणित मानसिकता
नववर्षको यो सुन्दर धरातल
सबैको रस स्वादनमा किन विषमता ?
जातीय विभेदताको बीऊ रोपेर
एक अर्कालाई सफ़ाया किन गर्ने
आजको नवीन ग्लोवल युगमा
बुद्धि र सामर्थ्यलाई किन महत्व नदिने ?
हिंसा , आतंक र जातीय विभेदता
हामी सबैका दुश्मन हुन चिरकाल
नववर्ष तिमी आऊँ सारा जन जनमा
हर्ष-उमंग र सदाचार लिएर प्रतिपल !

अस्तु:-

कवि डन कार्की
लस् एन्जेलस युएसए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार