२०८१ कार्तिक २५, आईतवार

आमाको संझना

२०७९ बैशाख १७, शनिबार
पढ्ने समय : < 1 मिनेट

( आमा सबैकी मायॉकी ख़ानी

ईश्वर भन्दा माथि छिन ऊनी
जस्को दिव्य मुस्कानको झझल्कोलाई
शत् शत् नमन छ वात्सल्यमयी आमालाई)

मातातीर्थ औंशी आमाको मुख हेर्ने पर्वको उपलक्ष्यमा प्रस्तुत यो झ्याउरे कविता:-

हामरो मायॉ बस्दैन क्यैले रंगिन देखेर
भित्री आत्मा बोल्दछ सधै चाहना बुझेर
यौवन लुट्ने दुर्जन हाम्रा ढोंग रच्दछन
ममता सधै अनमोल छ नाटक चल्दैन !
भावना मिल्दा दुबैको आत्मा पूर्ण बन्दछन
संसार सबै ख़ुशी पलले राम्रो देख्दछन
हिंसा र द्वेष हुँदैन हाम्रो प्रेम सागरमा
डुब्दछौ हामी निर्धक्क सधै रस र रंगमा !

मायॉले गर्दा दुष्टहरूको नास संभव छ
जाल र झेल स्वार्थी विचार खै तिरष्कृत छ ?
तिम्रो र मेरो मिलेको जोड़ी भय बर्जित छ
जुटौं रमायौं सदैव हामी सृजना मिठो छ !
संसार डुब्छ मायॉमा आँज बन्धुत्व फैलिन्छ
हिंसा आतंक व्यभिचारले दुश्मनी जाग्दछ
मानव आज धेरै विवेकी स्वार्थ बढ़दैछ
त्यसैले हाम्रा ज्ञान विज्ञान टक्राउ्ँमा पुग्दैछ !

अस्तु:-

कवि डन कार्की
लस् एन्जेलस क्यालि.. युएसए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार