२०८१ कार्तिक २५, आईतवार

विभेदता किन ?

२०७९ जेष्ठ २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

नेपाली हामी प्राचीन छैनौं युग बदलियो
शिक्षा र दिक्षा जनचेतना बन्दैछ वलियो
हामीमा अझै कस्तो विभेद सर्वत्र हटेन
जात र पात धर्मले कोई महान बन्दै न !
मानिस हामी ऐटै रगत फरक कहॉ छ
देखिन्छ कर्म ऊच्च र निम्न मान सबैको छ
नेपाली सबै एउटै जाति संदेश फैलायौं
देशको शान राष्ट्रीय मान गौरव बढ़ायौं !

जात र पात छुवा छुतले समाज भत्किन्छ
ऊच्च र निम्न भेदभावले अहंता जाग्दछ
नवीन शिक्षा जनचेतना बढ़्छ हाम्रो शान
पुरानो शैली रूढ़िवादको छैन कुनै मान !
धर्मले हैन सत् कर्मले राखौं आफ्नो नाम
सबैले न्याय पाएमा मात्र हुँदैन दुर्नाम
सम्पर्क हाम्रो विस्तार भए विश्वले चिन्दछ
वाह्य ग्लोवल मित्रता बढ्दा चेतना जाग्दछ !

पानी पँधेरो अछुतो हुँने अहंता बढ़्दा
जाति जातिमा फरक छैन दक्ष शक्ति खोज्दा
मानिस ऊच्च भावले हुँन्छ क्रुरताले हैन
समान दृष्टि पुर्याऊँ हामी विभेदता किन ?

अस्तु:-
कवि डन कार्की
उर्लावारी न/पा मोरंग
हाल लस् एन्जेलस युएसए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार