
सरकारले आज (भदौ १ गते) देखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ ।
वातावरण विभागले एक सूचना प्रकाशित गरी आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ । यस्तै, विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।