उर्लाबारी, ३ फागुन/मोरङको उर्लाबारीमा वसोवास गर्ने सर्वसाधारणलाई हात्ती पाइले रोगविरुद्ध औषधि सेवन गराउन तयारी सुरु गरिएको छ ।
नगरपालिकाले स्वास्थ्य शाखा मार्फत् नौवटै वडाका वासिन्दाका लागि बिभिन्न स्थानमा औषधि खुवाउने कार्यक्रम सुरु गरेको हो ।
नगरपालिकाले बुधबार आयोजना गरेको ‘नगरस्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी’ मा त्यसबारे जानकारी दिएको हो ।
गोष्ठीमा फागुन ११ गतेदेखि प्रत्येक वडामा हात्ती पाइले रोगविरुद्ध औषधि सेवन गराइने स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरेले बताए ।
नगरपालिकाकी उपप्रमुख मिनाकुमारी खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी गरी ३४ जनाको सहभागिता थियो ।