२०८१ श्रावण ६, आईतवार

एमालेले धेरै आय भएका पाँच हजार सदस्यबाट महिनाको पाँच हजार उठाउने

२०७८ चैत्र १७, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ चैत/नेकपा (एमाले) ले धेरै आय भएका पाँच हजार पार्टी सदस्यबाट महिनाको पाँच हजार रुपैयाँ उठाउने भएको छ।
‘पार्टीको दीगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान प्रस्ताव गर्नुभयो। एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो,’ अपानीमा भनिएको छ,‘आ-आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ।’

अपानीमा पार्टीका अधिकांश कार्यक्रमहरू माला/खादा र अस्तव्यस्त आसन ग्रहण प्रक्रियाका कारण भद्दा हुन थालेको उल्लेख गर्दै यसलाई छरितो तुल्याउन सकेसम्म छरितो आसन ग्रहणजस्ता काम गर्ने र अनावश्यक माला/खादा प्रयोगलाई निरुत्साहित गर्न निर्देशन दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार