
उर्लाबारी, ९ भदौ/मोरङको उर्लाबारीमा शनिबार महिला अधिकारका लागि एक जुट हुने उद्घोष गरिएको छ । पार्टी र जाती नहेरी महिलाहरुबीच एकता हुनुपर्ने सहभागीहरुको भनाई थियो ।
महिला अधिकारका लागि राष्ट्रिय अभियान जिल्ला समिति मोरङको आयोजनामा भएको भेलामा सहभागीहरुले यस्तो बताएका हुन् ।
भेलामा यमुना फागोको अध्यक्षतामा अभियानको उर्लाबारी नगर कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षतामा सीता नेपाल, सचिवमा सरस्वती शिवाकोटी, सहसचिवमा सीता भुजेल, कोषाध्यक्षमा शोभा निरौला तथा सदस्यहरुमा सिमला लावती, कमला भट्टराई, सावित्रा वस्नेत, चेतना राई, देविका तामाङ, उर्मिला विक र कुमारी घले रहेका छन् ।
प्रदेश सांसद शोभा चेम्जोङ पालुङवाले समाजको हितका लागि सबैजना आफ्नो जिम्मेवारी प्रति वफादार रहने विश्वास व्यक्त गरिन् ।
भेलामा समाजसेवी रुद्रबहादुर तामाङ, सीता कार्की, दुर्गावती लिम्बु, इन्द्रकुमारी भण्डारी, बानु सुब्बा, सीता रायलगायतले विचार व्यक्त गरेका थिए ।