
उर्लाबारी, २३ पुस/मोरङको उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरले शनिबार तीनजना साँसदलाई सम्मान गरेको छ ।
मन्दिरले २३ औं वार्षिक साधारणसभाको अवसरमा संघीय साँसद डिगबहादुर लिम्बु, प्रदेश साँसद शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङलाई सम्मान गरेको हो । साँसदमा निर्बाचित भएपछि सामाजिक तथा धार्मिक विकासमा योगदान पुर्याउने अपेक्षासहित मन्दिरले उनीहरुलाई सम्मान गरेको हो ।
सोही अवसरमा मन्दिरले उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडालाई पनि सम्मान गरेको छ ।
नगर प्रमुख गंगा खरेल र अर्का प्रदेश साँसद उमाकान्त गौतमलाई पनि सम्मान गर्ने कार्यक्रम भएपनि उनीहरु उपस्थित नभएको मन्दिरका लेखा संयोजक राजेश रिजालले बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार रिजालको अध्यक्षतामा सो सभा सम्पन्न भएको थियो ।
यसैबीच उर्लाबारी–६ स्थित जय बजरङवली बचत तथा ऋण सहकारी संस्थाले प्रदेश साँसद शोभा चेम्जोङ पालुङ्वालाई सम्मान गरेको छ ।
सम्मान ग्रहण गर्दै शोभाले राष्ट्रको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा बलियो खम्बा भएको धारणा राखिन् । उनले मर्ज गरेर अगाडि बढेमा सहकारी बलियो हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन् ।
सम्मानित साँसद शोभा सो संस्थाकी पूर्व सह–सचिव तथा प्रकाशित स्मारिकाकी सम्पादक हुन् ।
सोही अवसरमा उर्लाबारी नगरपालिका वडा नं.६ की महिला सदस्य दुर्गावती लिम्बुलाई पनि सम्मान गरिएको छ