२०८२ बैशाख ६, शनिबार

दाह संस्कार गर्नेक्रममा झडप

२०७९ भाद्र १, बुधबार
पढ्ने समय : < 1 मिनेट

इटहरी, १ भदौ/गर्भपतन गराएको चार दिनमै रहस्यमय तरिकाले मृत्यु भएकी सुनसरी, इटहरी–५ की २३ वर्षिया मनिला बुढाथोकीको दाहसंस्कार गर्नेक्रममा झडप भएको छ । स्थानीय बुढी खोलामा दाहसंस्कार गर्नेक्रममा माइती पक्ष र श्रीमान तहेन्द्र लुइंटेल पक्षबीच झडप भएको हो ।

मृतक मनिलाका माइती पक्षले शरिरको कुन कुन भागमा चोटपटक लागेको छ भनी शव हेर्न खोज्दा तहेन्द्रका आफन्तले हेर्न नदिएपछि झडप भएको हो । तर झडपमा कुनै क्षती नभएको मृतक मनिलाका भाई दिपिन वुढाथोकीले बताए । मृतक मनिलाको शवलाई लगाएको कपडासहित जलाइएको उनले बताए ।

यसअघि मनिलाको मृत्युको विषयमा माइती पक्षले श्रीमान तहेन्द्र लुइंटेल माथि आरोप लगाउँदै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा प्रहरीले तहेन्द्रलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार