उर्लाबारी, २७ पुस/नेपाल शिक्षक संघ नगर समिति उर्लाबारीले बुधबार प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वालाई सम्मान गरेको छ ।
संघले मोरङको पथरीशनिश्चरे-१ स्थित भुल्केमा आयोजना गरेको वनभोज कार्यक्रममा उनलाई सम्मान गरेको हो ।
कार्यक्रममा शिक्षक महासंघका जिल्ला उपाध्यक्ष मात्रिका न्यौपाने,संघका जिल्ला अध्यक्ष विनोद यादव, संघिय प्रतिनिधि कुमार पोख्रेल, कांग्रेसका महाधिवेशन प्रतिनिधि बानु सुब्बा, नेपाल महिला संघकी क्षेत्रीय सचिव गिता खतिवडा, उर्लाबारी-६ की वडा सदस्य दुर्गावति लिम्बु, कांग्रेसकी क्षेत्रीय प्रतिनिधि मिना ढकाललगायत उपस्थित थिए ।
कार्यक्रम सन्चालन वनभोज आयोजक समितिका संयोजक सुर्यमान सेरेङले गरेका थिए ।