२०८१ श्रावण ६, आईतवार

गर्भपतन गराएको चार दिनमै मृत्यु

२०७९ श्रावण ३१, मंगलवार
पढ्ने समय : < 1 मिनेट

इटहरी, ३१ साउन/गर्भपतन गराएको चार दिनमै सुनसरी, इटहरी–५ की २३ वर्षिया मनिला बुढाथोकीको रहस्यमय तरिकाले मृत्यु भएको घटनाले सनसनी मच्चाएको छ ।

मनिलाको माइती पक्षले भने यो घटनाको सम्पूर्ण जिम्मेवार उनका श्रीमान तहेन्द्र लुइंटेल भएको आरोप लगाउँदै प्रहरी कार्यालयमा उजुरी दिएको छ । माइती पक्षको उजुरी पछि तहेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा, पाख्रिवासकी मनिला र इटहरीका तहेन्द्रबीच छ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुको चार वर्षकी छोरी रहेको पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार